४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु


3k
Shares

काठमाडौं, ७ वैशाख । सिन्धुपाल्चोकमा जन्तीबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शुक्रबार विहान दोलखाको भीमेश्वर नगरपालिका सुस्पाबाट सिन्धुपाल्चोकको पिस्कर जन्ती लिएर जाँदै गरेको बस त्रिपुरासुन्दरी गाउँपालिकाको तौथलीस्थित धारावतीमा बस सडकबाट एक सय मिटर तल खस्दा मानवीय क्षति भएको हो ।

पानी परेर सडक चिप्लो भएकोले बस खसेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बसमा ५५ जना सवार थिए । यात्रुले बस खचाखच भरिएकाले पनि घटना भएको बुझिएको छ ।

प्रतिक्रिया