२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सिन्धुपाल्चोकमा जन्ति बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ जना घाइते


830
Shares

सिन्धुपाल्चोक,७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मुृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दोलखाबाट पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान करिब सवा ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ५२ जना घाइते भएका छन् । ५५ जना यात्रु बसमा सवार थिए । मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुलाई उपचारका लाग बाह्रबिसे तर्फ लैजाने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया