१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतको सहयोगमा निर्माण हुने दार्चुलाको गलैनाथ मावि भवनको शिलान्यास


332
Shares

काठमाडौं, ६ वैशाख । भारत सरकारको सहयोगमा निर्माण हुने दार्चुलाको गलैनाथ मावि भवनको शिलान्यास गरिएको छ । बिहिबार शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले उक्त भवनको शिलान्यास गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको २ करोड ७३ लाख आर्थिक सहयोगमा निर्माण हुने शैल्यशिखर नगरपालिकास्थित उक्त विद्यालयबाट त्यहाँ अध्ययनरत विद्यार्थी लाभान्वित हुने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिने जनाइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने र दार्चुलाकोे शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिने उल्लेख छ ।

कार्यक्रममा शैल्यशिखर नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने उल्लेख छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया