५ आश्विन २०८१, शनिबार | September 22, 2024

सर्वोच्चमा मुद्दा फैसला नहुँदै विश्वासको मत लिने खगराज अधिकारीको तयारी


415
Shares

काठमाडौं,३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चाँडै नै विश्वासको मत लिने तयारी गरेका छन् । अधिकारीले सर्वोच्च अदालतमा आफुविरुद्ध मुद्दामा सुनुवाई नहुँदै विश्वाको मत लिन लागेको स्रोतले जनाएको छ ।

सभामुखसहितको समर्थन लिएर उनी गते चैत्र २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारीविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुद्दा दायर गरेका छन् ।

सो मुद्दाको सुनुवाई आगामी वैशाख १० गते पेशी तोकिएको छ । रिट माथि सर्वोच्चले अधिकारीलाई दीर्घकालिन असर पर्ने खाल्का निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

अधिकारी गत चैत्र २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेको २२,सभामुखसहित माओवादीको ८ र स्वतन्त्र सांसद राजीव गुरुङ समेत गरी ३१ जनाको समर्थनमा उनले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया