७ आश्विन २०८१, सोमबार | September 23, 2024

कोशीमा मुख्यमन्त्री हटाउन एमाले र माओवादीलाई सकस,संकल्प प्रस्ताव दर्ता


2k
Shares

काठमाडौं,३ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्नको लागि संकल्प प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले प्रदेशसभा सचिवालयमा आज सो प्रस्ताव दर्ता गरेका हुन् ।

एमालेका संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक,समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादीका सांसद गणेश उपे्रती रहेर सो प्रस्ताव दर्ता भएको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी र एमालेले प्रदेश अधिवेशनको माग गरेका थिए । सोही बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले आगामी बैशाख ६ गते अधिवेशन बोलाएका छन् ।

हाल कोशीमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । उनलाई हटाएर नयाँ सरकार गठन गर्ने एमाले र माओवादीको उद्देश्य रहेको छ ।

सोही योजनाअनुसार दुुई दल मिलेर कार्कीले आगामी वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाबाट निर्देशन दिन माग गरेका हुन् र संकल्प प्रस्ताव दर्ता गरेका हुन् । सो प्रस्तावमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार बनाउन सकिने सम्भावना पनि उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया