४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मुख्यसचिव अर्याल कुन कुन काण्डमा मुछिए


830
Shares

काठमाडौं, २१ चैत्र । नेपालको इतिहासमा मुख्यसचिव पदमै रहँदा अख्तियारको मुद्दा खेप्नुपर्ने हुनसक्छ चाँडै । मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएका अनियमितताहरुमा मुछिएकाले चाँडै मुद्दा दायर हुने भएको छ ।

रोचक त यो छ कि सञ्चार र सूचना क्षेत्रमा भएका अनियमितताको फाइल जहाँ खोज्यो त्यहाँ अर्याल पाइएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चार मन्त्रालयले गरेको आन्तरिक छानबिनमा पनि उनको संलग्नताबिना अनियमितता नभएको फाइल भेट्नै मुस्किल छ । अख्तियार स्रोतका अनुसार अनियमिततामा सञ्चार मन्त्रालयका जुन फाइल खोज्यो त्यहाँ मुख्यसचिव अर्याल जोडिएकै हुन्छन् ।

अख्तियारको हिरासतमा रहेका आइटी क्षेत्रका माफिया विकल पौडेल र सुनिल पौडेलमाथि अनुसन्धान हुँदा अर्यालको थप पोल खुलेको छ । उनीहरुले अर्याललाई धेरै केसमा पोलेको अख्तियार स्रोतको दाबी छ । विकल, सुनिलबाट बरामद गरिएका विभिन्न ‘डिभाइस’बाट समेत आइटी घोटालामा अर्यालको संलग्नतामा थप खुलेको हो ।

विकलसँगको घूस लेनदेन र अन्य अवैध आर्थिक क्रियाकलापमा मुख्यसचिव डा। अर्याल जोडिएको अख्तियार स्रोतको भनाइ छ । मुख्यसचिव भएपछि पटक पटक अख्तियार पुगेर बयान दिएका उनलाई फेरि बयानका लागि बोलाउन तयारी भइरहेको अख्तियार स्रोतले बतायो । त्यस्ता बयान अझै हुने र दर्जन पुग्ने बुझिएको छ ।

मुख्यसचिव अर्यालमाथि टेरामक्स प्रविधि घोटालालगायत अख्तियारमा दर्जन बढी उजुरी परेका छन् । ती उजुरीमा अख्तियारले एकसाथ छानबिन अगाडि बढाएको छ । ‘सञ्चारका जुन बदमासीका फाइल खोज्यो त्यहाँ अर्याल भेटिन्छन्’, अख्तियारका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने, ‘वाणिज्य तथा आपूर्ति सचिवको भूमिकामा रहँदा पनि उनले धेरै बदमासी गरेको भेटिएको छ ।’, आयल निगमको बोनस काण्डदेखि वाणिज्य मन्त्रालयमा हुँदा धेरै काण्डमा अर्याल जोडिएको स्रोतको भनाइ छ ।

मुख्यसचिव अर्यालमाथि व्यक्तिगत रिसिइबी साध्ने गरेको आरोप समेत लाग्न थालेको छ । आफूलाई विस्थापित गर्ने सचिवहरुलाई उनले मिलाइमिलाई बदला लिने गरेको टिप्पणी हुन थालेको हो । सञ्चारबाट अर्याललाई बिस्थापित गर्ने सचिव कृष्णबहादुर राउत त्यसैको शिकार भएको चर्चा छ । राउतलाई बिमानस्थलबाट सीआईबीलाई समात्न लगाउन उनको भूमिका रहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया