३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतको आर्थिक वृद्धिदर विश्वमै तिव्र, नेपालले के लाभ लिन सक्ला


913
Shares

एजेन्सी, १८ फागुन । भारतको आर्थिक वृद्धिदर विश्वकै तिव्र रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले गत आर्थिक वर्षको अन्तिम तीन महिनामा भारतको कुल ग्राहस्थ उत्पादन जीडीपी ८ दशमलव ४ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

कोषका कार्यकारी निर्देशक कृष्णमूर्ति सुव्रमण्याले बिहिबार सार्वजनिक भारतको आर्थिक तथ्यांकपछि यो वर्ष ८ प्रतिशतको वृद्धिदर हासिल हुने देखिएको जनाए । उनले भारत सजिलै सबैभन्दा तिव्र गतिको आर्थिक वृद्धिदर भएको देश रहेको समेत बताए ।

भारत सरकारले पनि चालु आर्थिक वर्षमा ७ दशमलव ६ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छ ।

भारत विश्वकै पाँचौं ठूलो अर्थतन्त्र हो । उसले चाँडै जर्मनी र जापानलाई उछिन्दै तेस्रो आर्थिक शक्ति बन्ने आँकलन गरिएको छ ।

गएको दश वर्षमा भारतले दशौं ठूलो अर्थतन्त्रबाट फड्को मार्दै पाँचौ स्थान बनाएको छ । विशेषगरी भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति भएको छ ।

भारतको आर्थिक वृद्धिदर तिव्र भइरहँदा छिमेकी देशहरुले पनि लाभ लिनसक्ने देखिन्छ । विशेषगरी नेपाल, बँगलादेश र भुटानले भारतको आर्थिक वृद्धिदर तिव्र भएबाट लाभ लिनसक्छन् । नेपालले ऊर्जा र तीर्थ पर्यटनमा अभूतपूर्व प्रगति गर्न सक्छ । यस क्षेत्रमा कामहरुले पनि गति लिएको छ ।

प्रतिक्रिया