३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाली महिला फुटबलमा सुन्दर सम्भावना


1.2k
Shares

काठमाडौं, फागुन । नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय क्षेत्रमा निकै प्रभावशाली बन्दै गएको छ । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निकै बलियो देखियो ।

नेपालले सुरुबाटै उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्यो । जोडर्नसँग बिहिबारको खेलमा नेपालले २-२ को बराबरी खेलेपनि पेनाल्टीमा चुक्दा उपाधि जित्न सकेन । तर, खेलमा नेपाल हावी भयो ।

नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी फ्रान्सको लिग खेल्न जानुपर्ने भएकाले फाइनल खेलिनन् । उनी खेलेको भए नतिजा अर्को हुनसक्थ्यो ।

नेपाली महिला फुटबल टोलीको भविष्य सुन्दर रहेको देखिएको छ । खेलाडीहरु विदेशी लिगमा पनि धमाधम खेल्न थालेका छन् ।

प्रतिक्रिया