कुरिनटारमा ट्याक्सी खस्दा एकको मृत्यु ४ वेपत्ता

काठमाडौं, १७ चैत्र । चितवनको कुरिनटारमा त्रिशुली नदीमा ट्याक्सी खस्दा एकजनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् । शनिबार विहान बा २ ज ४१ नम्बरको ट्याक्सी त्रिशुलीमा खसेको हो ।
वेपत्ता पुरुषको पहिचान खुलेको छैन । ट्याक्सी काठमाडौंबाट गोरखा जाँदै गरेको प्रहरीले जनाएको छ ।