७ आश्विन २०८१, सोमबार | September 23, 2024

विगतको कमजोरीलाई सुधार्दै संविधान संशोधन गरेर जानुपर्छ–नेता बडू


415
Shares

काठमाडौं,१६ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीले दिलेन्द्रप्रसाद बडूले विगतको कमजोरीलाई सुधार गर्दै संविधान संशोधन गरेर मुलुकलाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन् ।

शुक्रबार सनातन हिन्दुराष्ट्र घोषणा महाअभियानको बिशेष बैठकलाई सम्बोधन गर्दै नेता बडूले देशको अस्थित्व समाप्त गर्नेगरी धर्मनिरपेक्ष बनाएको भन्दै उक्त कमजोरीलाई दलहरुले सच्याएर जानु पर्ने बताएका हुन् । संविधान निर्माणको समयमा कांग्रेसको एजेन्डा पनि हिन्दु राष्ट्र धर्म सापेक्ष हिन्दु राष्ट्र नै भएको भन्दै बडूले केही व्यक्तिहरुले जवरजस्त संविधानमा धर्म निरपेक्ष शब्द घुसाएको जिकीर गरे ।

संबैधानीक समितिका सदस्य समेत रहेका नेता बडूले संविधान निर्माणपूर्व संबैधानीक समितिबाट जनमत संकलन गरिएपनि केही व्यक्तिले जवरजस्त बहुमत जनताको अभिमत बाहिर गएर धर्म निरपेक्ष राज्य घोषणा गर्ने काम भएको जिकीर गरे । उनले भने–‘संविधान निर्माणपूर्व संबैधानीक समितिबाट जनमत संकलन गरिएपनि केही व्यक्तिले जवरजस्तरुपमा धर्म निरपेक्षता घोषणा गरियो । त्यसबेला सबैलाई संविधान ल्याउने हतारो थियो र संविधानलाई समयअनुसार परिमार्जन गर्न सकिने नाममा उक्त विषयलाई धेरैले कम महत्व दिएका कारण यस्तो हुन पुगेको हो ।’

पछिल्लो समयमा संविधान संशोधनको कुरा आईरहेको भन्दै उनले विगतको कमजोरीलाई सुधार गर्दै संविधान संशोधन गरेर हिन्दुराष्ट्रको एजेन्डा समावेश गर्नु पर्ने बताए । जनताभन्दामाथि पार्टी वा नेता नभएकाले सबै दलका साथिहरुलाई कांग्रेसले सहमतिमा ल्याएर संविधान शंसोधनको प्रकृयामा अघि बढ्नु पर्ने उनको तर्क छ । संविधानभित्र केही आवश्यक बिषय संशोधन गरेर जानू पर्ने विषयमा कांग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने भन्दै संविधानलाई सर्वस्वीकार्य बनाउने बाटो खा्ेज्न आवश्यक रहेको नेता बडुको जिकिर छ ।

प्रतिक्रिया