३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डले सत्तामा फेरि उथलपुथल ल्याउन सक्ने


2.1k
Shares

काठमाडौं, १६ चैत्र । आफूलाई राजनीतिक उथलपुथल ल्याइरहने नेताको रुपमा घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले कुनैपनि बेला अर्को उथलपुथल ल्याउन सक्छन् सत्ता राजनीतिमा । उनले त्यसको संकेत फेरि गरिसकेका छन् ।
प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग जोडिंदा उथलपुथल ल्याइरहने बताएका थिए । अब फेरि उनले चाँडै अर्को उथलपुथल ल्याउन सक्ने संकेत गरेका हुन् ।

प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग हालै बालुवाटारमा भेटवार्ता गरे । भेट संवैधानिक निकायको नियुक्तिबारे भनिएपनि सत्ता राजनीतिसँग पनि जोडिएको छ ।

प्रचण्डले कुनैपनि बेला अहिलेको सत्ता राजनीतिलाई यताउता पार्ने संकेत गरेका छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यति गहिरिएर लागेका छैनन् सत्ता सम्बन्धमा ।

प्रचण्डले पहिलो दल काँग्रेस र दोस्रो दल एमालेलाई सन्तुलनमा राखेर खेलिरहेका छन् सत्ताको खेल । उनले कुनैपनि बेला अर्को गठबन्धन बनाउन सक्छन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड रवि लामिछानेसँग पनि सन्तुष्ट छैनन् । लामिछानेले कामभन्दा स्टन्ट बढी देखाउन थालेपछि प्रचण्ड असन्तुष्ट भएका हुन् ।

 

प्रतिक्रिया