७ आश्विन २०८१, सोमबार | September 23, 2024

मुटुमा समस्या भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना


3k
Shares

काठमाडौं,१४ चैत्र । अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको आरोपमा अनुसन्धानमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई मुटुमा समस्या देखिएपछि आज बिहान महाराजगन्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

एमालेका नेता समेत रहेका रायमाझीको अहिले टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ ।
टिचिङ अस्पताल कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टका विभागीय प्रमुख डा।चन्द्रमणि पौडेलका अनुसार रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको हो ।

बुधवार बिहान देखि इमरजेन्सीमा राखेर उपचार गरिएको थियो । अहिले उनलाई थप उपचारको आवश्यक परेपछि उक्त शाखाको ४७८ बेडमा भर्ना गरिएको हो ।
केही महिनादेखि शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका रायमाझी तीन महिना यता नियमित फलोअपमा थिए ।

प्रतिक्रिया