१२ श्रावण २०८१, शनिबार | July 27, 2024

केजरिवालको पक्राउमा किन बोल्न थाले पश्चिमा देश


996
Shares

एजेन्सी, १० चैत्र । रक्सी काण्डमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालबारे पश्चिमा देशले बोल्न थालेका छन् । जर्मनीले उनको पक्राऊमा मुख खोलेको छ । जर्मनीको विदेश मन्त्रालयले केजरिवालप्रति सहानुभूती राख्ने गरी वक्तव्य नै जारी गरेको छ ।

जर्मनीले आन्तरिक मामलामा दख्खल दिन खोजेको भन्दै भारतले आपत्ति जनाएको छ । भारतको विदेश मन्त्रालयले जर्मनीको राजदूतावासका उच्च अधिकारीलाई विदेश मन्त्रालयमा डाकेर शनिबार स्पष्टिकरण सोधेको छ ।

भारतको इन्फोर्समेन्ट डाइरेक्टरेटले केजरिवाललाई रक्सीको नीतिमा परिवर्तन गरी घोटाला गरेको अभियोगमा छानविन गरिरहेको छ । उनलाई उक्त निकायले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि विश्वभर चासो बढेको छ ।

केजरिवाल भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएका हुन् । तर, उनीमाथि रक्सीसम्बन्धी नीतिमार्फत् मनी लन्ड्रिङको गम्भीर आरोप लागेको छ ।

केजरिवालको उदयमा पश्चिमा शक्तिको साथ रहेको विषय उठ्दै आएको थियो । जर्मनीले उनका बारे मुख खोल्नुले त्यसलाई पुष्टि गर्ने थप आधार प्रदान गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया