७ आश्विन २०८१, सोमबार | September 23, 2024

५ दिनमै छुटे महरा


498
Shares

काठमाडौं,९ चैत्र । सुन तस्करीमा सम्लग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा रिहा भएका छन् ।

सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतमा छाड्न स्वीकृत दिएको हो ।

महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसन्धान अधिकृतले गरेको सिफारिसका आधारमा जमानतमा छाड्न आदेश दिइएको हो ।

महरालाई ५ चैत्र मा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले १ चैत्रमा बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया