३१ भाद्र २०८१, सोमबार | September 17, 2024

इम्बोस्ड नम्बर प्लेटको ३ अर्ब अनियमिततामा अख्तियारको छानविन


1.4k
Shares

काठमाडौं, ७ चैत्र । नेपाली भाषामाथि नियोजित आक्रमणको उद्देश्यले ल्याइएको इम्बोस्ड नम्बर प्लेटमा अरबौं भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले झण्डै ५ अर्ब ठेक्कामा ३ अर्ब भ्रष्टाचार भएकोमा छानविन थालेको हो ।

अख्तियारले यातायात व्यवस्था विभागलाई पत्राचार गरी रकम भुक्तानी विवरण समेत मागेको छ । अख्तियारको सक्रियतापछि यातायात र आइटी क्षेत्रमा तरंग आएको छ ।

१७ जेठ २०७३ मा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न डेकाटुर टाइगर आइटी कम्पनीसँग ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँमा सम्झौता गरेको थियो । कम्पनी अमेरिका र बँगलादेशको संयुक्त हो ।

ठेक्का प्रकरणमा नेपाली भाषा नै माँस्ने गरी ल्याइएको हो । योजनावद्ध तरिकाले अदालतमा मुद्दा दायर गरी आदेश समेत जारी गरी भ्रष्टाचार भएको नेपालीपेनले खुलासा गरेको थियो । आइटी माफिया विकल पौडेलले यसको योजना बुनेका थिए । यो प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर पनि मुछिएका छन् ।

प्रतिक्रिया