९ माघ २०८१, बुधबार | January 22, 2025

प्रचण्डले बाबुरामको पार्टी फुटाएर धोका दिए


996
Shares

काठमाडौं, ३ चैत्र । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ । बाबुरामको दलका एकमात्र सांसद महीन्द्र राय यादव माओवादीसँग मिलेसँगै पार्टी फुटेको हो ।

माओवादी केन्द्रले महीन्द्र राय यादव समूहसँग एकता गर्ने भएको छ । योसँगै समाजवादी पार्टीका एकमात्र प्रतिनिधि सभाका सांसद यादव पनि माओवादी बनेका छन् ।

बाबुरामले माओवादीसँग एकता नगर्ने अडान लिएपछि महीन्द्र मिल्न गएका हुन् । यो घटनापछि बाबुराम प्रचण्डसँग चिढिएका छन् ।

प्रचण्डले गएको प्रतिनिधि सभामा सिट सुरक्षित नदेखेपछि बाबुरामकै सहयोगमा गोरखाबाट चुनाव जितेका थिए । बाबुरामले आफूले जित्दै आएको सिट प्रचण्डका लागि छाडिदिएका थिए । बाबुरामले सहयोग नगरेको भए प्रचण्डलाई अहिले प्रधानमन्त्री बन्न कठिन थियो ।

बाबुरामले भने प्रचण्डबाट धोका पाएको भन्न थालेका छन् । उनी प्रचण्डसँग निकै चिढिएका छन् ।

 

प्रतिक्रिया