३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डलाई देखाइदिने सिटौलाको चेतावनी


996
Shares

काठमाडौं, २७ फागुन । नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला विहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे । उनको साथमा थिए काँग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक ।

आधा घन्टा भएको भेटमा सिटौलाले प्रचण्डसँग गठबन्धन तोड्नुको कारणबारे सोधेका थिए । उनले विगतमा किन झुट बोलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी नभइरहेको भनेको समेत सोधेका थिए ।

प्रचण्डलाई झुट र पटक पटक बेइमानी गरेको भनेपछि केही बेर तनाव भएको थियो । शान्ति सम्झौता गर्दाको अप्ठ्यारा समेत सिटौलाले बताउँदै आफ्नो योगदान भुलेको समेत बताए । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा रोक्दाको जस्तै पश्चाताप फेरि गर्नुपर्ने उनको भनाई थियो ।

प्रचण्डले भने काँग्रेसबाट राष्ट्रिय सभा चुनावमा धोका भएको लगायतका विषय राखेका थिए । सिटौलाले आफूलाई राष्ट्रिय सभाको अध्यक्षमा रोक्न खोजिएको भन्दै त्यसको जवाफ उचित समयमा दिने चेतावनी समेत दिएका थिए ।

आधा घन्टाको भेटमा सिटौला निकै आक्रोशित देखिएका थिए । उनले प्रचण्डले विगत नबिर्सन समेत भने । प्रचण्डकै कारण अब प्राप्त उपलब्धि खतरामा पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया