३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाल र भारत दुवैतर्फबाट क्युआर कोडमार्फत् डिजिटल पेमेन्ट


747
Shares

काठमाडौं, २५ फागुन । नेपाल र भारत दुवैतर्फबाट डिजिटल पेमेन्ट आजबाट चालु भएको छ । यसअघि भारतको बैंकमा खाता हुनेले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएपनि नेपालीले भारतमा गर्न सकेका थिएनन् । अब भने दुवैतर्फबाट डिजिटल पेमेन्ट हुने भएको हो ।

फोनपे पेमेन्टर सर्भिस लिमिटेड नेपाल र द इन्टरनेशनल आर्म अफ नेस्नल पेमेन्टर कर्पोरेशन लिमिटेड अफ इन्डियाले संयुक्त रुपमा युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल भारत सीमापार भुक्तानी सुचारु भएको शुक्रबार घोषणा गरेका हुन् । अब क्युआर कोडबाट दुवै देशको बैंकमा खाता भएका ग्राहकले एक अर्को देशमा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यसअघि नेपाल र भारतबीच सीमापार डिजिटल पेमेन्ट सम्झौता भएको थियो । दुवै देशका केन्द्रीय बैंकका गर्भनरहरु सहभागी भई सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया