४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

झापाको बालुवाटारको सार्वजनिक जग्गा हडप्ने ३५९ जनाविरुद्ध अख्तियारको मुद्दा


February 25, 2024
3.1k
Shares

काठमाडौं, १३ फागुन । झापाको दमकस्थित बालुवाटारको सार्वजनिक जग्गा हडप्ने ३५९ जनामाथि मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसाविक र स्वबासी जग्गादर्ता प्रक्रियाबाट जग्गा हडप्ने कर्मचारी र अन्य व्यक्तिमाथि दुई छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

हालसाविक जग्गा प्रक्रियाबाट हडपेको अभियोगमा १७२ जनामाथि आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो । जसमा नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपानेसमेत छन् ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार नापी कार्यालय झापा चन्द्रगढीका कर्मचारी १० जना, मालपोतका ११ जना, नापी कार्यालय चन्द्रगढीका १० जना, मालपोत कायालय दमकका ११ जना यो प्रकरणमा संलग्न पाइएका छन् ।

यसैगरी, अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार स्वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाल ६४ जनामाथि विगो असुल र जग्गा जफत प्रयोजनका लागि ११३ जना गरी १८७ जनामाथि पनि मुद्दा दायर भएको छ । उनीहरुमध्ये नापी अधिकृत रामदेव मण्डल धानुकसमेत नापी कार्यालय झापाका ९ जना कर्मचारी रहेका छन् ।

प्रतिक्रिया