४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नारायणगढ-मुग्लिन सडक दैनिक २४ घन्टै सञ्चालनमा


February 25, 2024
332
Shares

काठमाडौं, १३ फागुन । नारायणगढ-मुग्लिन सडक दैनिक २४ घन्टै सञ्चालनमा आएको छ । पुल निर्माणका लागि दैनिक चार घन्टा रोक्ने गरिएकोमा आइतबारबाट पूरा अवधि सञ्चालनमा ल्याइएको हो ।

दैनिक चार घन्टा रोकेर पुल निर्माणका लागि भित्ता काटिने गरिएको थियो । अनक कन्स्ट्रक्सनले पटक पटक दैनिक चार घन्टा रोकेर निर्माणलाई गति दिनुपर्ने भनेकोमा समय दिइएको थियो । अब म्यान सकिएसँगै सडक पूर्ण सञ्चालनमा आएको हो ।

नारायणगढ मुग्लिन सडकखण्डको १९ पुलमध्ये चारवटा पुल बनिसकेको छ । १५ वटा पुलको निर्माण चलिरहेको छ ।

प्रतिक्रिया