६ माघ २०८१, आइतबार | January 19, 2025

सशांक हिन्दुराष्ट्रको पक्षमा खुल्दा को को काँग्रेस नेता विपक्षमा


February 22, 2024
581
Shares

काठमाडौं, १० फागुन । नेपाली काँग्रेसको महासमिति बैठकको समापनमा पूर्वमहामन्त्री डा. सशांक कोइरालाले धर्मनीरपेक्ष बनाउनु दुर्भाग्य भएको बताए । उनी हिन्दुराष्ट्र अभियानका हस्ताक्षरकर्तामध्येका सबैभन्दा प्रभावशाली नेता हुन् ।

गोदावरीस्थित महासमिति बैठकस्थल बाहिरको हिन्दुराष्ट्र अभियानको हस्ताक्षरस्थलमा काँग्रेसका ४२ केन्द्रीय सदस्य र एक हजार महासमिति सदस्यले हस्ताक्षर गरेकामध्ये डा. कोइराला सबैभन्दा प्रभावशाली हुन् । शंकर भण्डारी यो अभियानमा सशक्त रुपमा उभिदै आएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको पनि हिन्दुराष्ट्र अभियानमा समर्थन देखिएन । उनी यो मुद्दाप्रति लचिलो भने देखिन खोजे ।

हिन्दुराष्ट्र अभियानमा डा. शेखर कोइराला पनि खुलेनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला त यसको विपक्षमा देखिएका छन् ।

हिन्दुराष्ट्रको विपक्षमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि उभिए । काँग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाल र प्रदीप पौडेल पनि हिन्दुराष्ट्रको विपक्षमा उभिए ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि हिन्दुराष्ट्रको पक्षमा खुलेनन् ।

प्रतिक्रिया