ललितानिवासको १४३ रोपनी जग्गा खाली गर्न अल्टिमेटम

काठमाडौं, ९ फागुन । ललितानिवासको जग्गा कब्जा गर्नेले अबको सात दिनभित्र उक्त स्थान छाड्नुपर्ने भएको छ । काठमाडौंं महानगरपालिकाले बुधबार सूचना प्रकाशित गरी ७ दिनभित्र छाड्न अल्टिमेटम दिएको छ ।
ललिता निवासमा विभिन्न व्यक्ति, कम्पनी र संघसंस्थाले संरचना समेत बनाएका छन् । कतिपयले जग्गा खाली नै राखेका छन् ।
विशेष अदालतले ३ फागुनमा फैसला गरी जग्गा किनबेच तथा नामसारी भएकोमा ललितानिवास क्षेत्रको १४३ रोपनी जग्गा सरकारी हुने फैसला गरेको थियो । १७५ जनाविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेकोमा फैसला आएको हो ।
ललिता निवासको जग्गामा भाटभटेनी सुपरमार्केट कम्पनीको मुख्य गोदाम नै राखिएको छ ।