५ माघ २०८१, शनिबार | January 19, 2025

काँग्रेसको हिन्दूराष्ट्र अभियानको पक्षमा वीपीपुत्र सशांकको हस्ताक्षरले तरंग


February 20, 2024
2.7k
Shares

काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा राखिएको हिन्दूराष्ट्र स्थापना अभियानको पक्षमा पूर्वमहामन्त्री डा. सशांक कोइरालाले हस्ताक्षर गरेपछि राजनीतिलाई तरंगित बनाएको छ । सशांक काँग्रेस संस्थापक नेता तथा देशका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाका पुत्र हुन् ।

सशांक कोइरालाले मंगबार दिउँसो हस्ताक्षर गरेका हुन् । कोइराला हिन्दूराष्ट्रको पक्षमा विचार गर्नुपर्नेमा बोल्दै आएका थिए ।

काँग्रेस नेता लोकेश ढकालले ६ सय बढी महासमिति सदस्यहरुले गोदावरीस्थित बैठकस्थल बाहिरको हस्ताक्षर कक्षमा पुगेर हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षरकर्ताहरुले काँग्रेस बैठकमा पूरक प्रस्तावका रुपमा यो एजेन्डालाई लान खोजेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले समेत संविधान संशोधनमा जोड दिदै घुमाउरो तरिकाले हिन्दूराष्ट्रको पक्षमा जानसक्ने संकेत गरेका छन् ।

पूर्वसभामुख तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन् अभियानको पक्षमा ।

महासमिति बैठकपूर्व काँग्रेसका २२ जना केन्द्रीय सदस्यले सुरु गरेको अभियानमा ३५ केन्द्रीय सदस्य देखिएका छन् । यो संख्या उल्लेख्य हो ।

हिन्दूराष्ट्रको पक्षमा देशको सबैभन्दा पुरानो र बलियो दल काँग्रेसमा बलियो मत देखिएपछि राजनीतिक तरंग आएको हो । त्यसमा पनि वीपीपुत्र सशांक नै खुलेका छन् । यसले भविष्यमा काँग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिनसक्ने सम्भावना औल्याइएको छ ।

प्रतिक्रिया