१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विपन्न परिवारको घरदैलोमा औषधीसहित खटिए डा.प्रसन्न झा


February 18, 2024
5.5k
Shares

काठमाडौं, ६ फागुन । छालारोग विशेषज्ञ तथा कस्मेटिक लेजर सर्जन डा.प्रशन्न झा विपन्न परिवारको घरको दैलो/दैलोमा निशुल्क स्वास्थ्य सेवासहित औषधी बोकेर पुगेका छन् ।

परिक्रमा सामुदायिक सेवा केन्द्र र गेट वेल सुन नेपाल स्किन केयर मुरलीचोकको सहकार्यमा औषधीसहित निःशुल्क स्वास्थसेवा शुरु भएको हो ।
आजदेखि जनकपुरधामको वडा न २४ को बसहियाबाट सुरु भएको घरदैलोमा औषधिसहित निःशुल्क स्वास्थसेवा सेवा प्रत्येक १५–१५ दिनको अन्तरालमा निरन्तर रूपमा हुने डा.झाले जानकारी दिए ।

डा.झा र सामुदायिक सेवा केन्द्रका अध्यक्ष रन्जित रायको पहलमा जकपुरधाम उप–महानगरपालिकाका २५ सै वटा वडा तथा निर्वाचन क्षेत्रका सबै वडामा बिपन्न परिवारहरूको घरदैलोमा निःशुल्क स्वास्थसेवा सुरु भएको हो ।

आजको विशेष कार्यक्रममा समाजसेवी तथा अगुवाहरु, जनमत पार्टीका नेताहरू जगदीश महतो,अनिरुद्ध ठाकुर,सुनिल यादव,सन्जिव महतो,श्रवण महतो लगायत नेताहरू सहभागी थिए । डा.झाले घर–घरमा पुगेर स्वास्थ्य जाँच समेत गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया