३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाल र भारतबीच द्रुत भुक्तानी प्रणाली चाँडै लागू हुँदै


February 16, 2024
747
Shares

काठमाडौं, ४ फागुन । नेपाल र भारतबीच चाँडै द्रुत भुक्तानी प्रणाली लागू हुने भएको छ । यसलाई लागू गर्ने उद्देश्यले दुई देशको केन्द्रीय बैंकबीच विचारार्थ विषयमा हस्ताक्षर भई आदानप्रदान भएको छ ।

बिहिबार भएको द्रुन भुक्तानी प्रणालीसम्बन्धी नेपाल राष्ट्र बैंक र भारतीय रिजर्ब बैंकबीचको हस्ताक्षर र आदानप्रदानमा दुवै देशका केन्द्रीय बैंकका गभर्नरहरु सहभागी थिए ।

नेपालको नेशनल पेमेंट्स इंटरफेस एनपीआई र भारतको यूनिफाइ८ पेमेंट्स इंतरफेस यूपीआई को एकीकरणको उद्देश्य दुई देशको सीमापार विप्रेषण सुविधा प्रदान गर्नु रहेको उल्लेख छ । साथै दुुवै प्रणालीको उपभोगकर्ताको तत्काल कम लागतमा भुक्तानी कार्य सुचारु गर्ने रहेको बुझिएको छ ।

द्रुत भुक्तानी प्रणाली औपचारिक रुपमा अगष्ट महिनामा आरम्भ गरिने भएको छ ।

प्रतिक्रिया