७ आश्विन २०८१, सोमबार | September 23, 2024

समूह चरणमा झण्डै बाहिरिएको आइभोरी कोस्ट बन्यो अफ्रिकी च्याम्पियन


February 12, 2024
498
Shares

एजेन्सी, २९ माघ । अफ्रिकी नेसन्स कप फुटबलको आयोजक आइभोरी कोस्ट समूह चरणमै झण्डै बाहिरिएको थियो । प्रतियोगिताको समूह चरणबाट १६ टोली नकआउट चरणमा पुग्दा आइभोरी कोस्ट मुश्किलले जोगियो । समूह ए मा तीन अंकका साथ तेस्रो स्थानमा थियो आइभोरी कोस्ट । उसले तीन खेल खेलेकोमा एक खेल मात्र जितेको थियो । ५ गोल खाएर २ गोल मात्र फर्काएको थियो ।

१६ औं टोलीका रुपमा नकआउट चरणमा प्रवेश गरेको आइभोरी कोस्टले त्यसपछि सानदार प्रदर्शन गर्यो । उसलाई भाग्यले पनि साथ दियो । समूह चरणमा इक्वेटोरियल गिनी र नाइजेरियासँग हारेपनि फाइनलमा नाइजेरियालाई हराएर उपाधि जित्यो ।

नाइजेरियाले सुरुवाती अग्रता लिएपनि आइभोरी कोस्टले २-१ को जीत निकाल्यो । आइभोरी कोस्ट फुटबलमा हात्तिका रुपमा चिनिन्छ । उसले विश्वकप पनि खेलिसकेको छ ।

आइभोरी कोस्टका खेलाडीहरु यूरोपका गिग खेल्ने महङ्गा खेलाडी हुन् ।

प्रतिक्रिया