३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पुटिनले दिए अमेरिकी पत्रकारलाई अन्तवार्ता, युक्रेनलाई भने ‘कृत्तिम राज्य’


February 9, 2024
664
Shares

एजेन्सी, २६ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कमैमात्र अन्तवार्ता दिन्छन् । त्यो पनि उनी पश्चिमा मिडियासामु अन्तवार्ता दिन तयार हुँदैनन् । यसपटक भने युक्रेनमाथि हमला गरेपछि पहिलोपटक पश्चिमा मिडियालाई अन्तवार्ता दिएका छन् त्यो पनि अमेरिकी पत्रकारलाई ।

अमेरिकाको फक्स न्युजका पूर्वस्टार टकर कार्लसनलाई अन्तवार्ता दिदै पुटिनले युक्रेनलाई कृत्तिम राज्य भनेका छन् । उनले युक्रेनको इतिहास उल्लेख गर्दै १७औं शताब्दीमा पोल्याण्डको संस्कृति, धर्म र राजनीतिक प्रभावमा परेको उल्लेख गरे ।

स्टानिलको चाहना अनुसार युक्रेन कृत्तिम राज्य बनाइएको तर्क गरे । युक्रेनको भूमिहरु विगतमा हंगेरी र रोमानियाको भएको र तिनलाई फिर्ता गर्नेबारे आफूले कुरा गरेको समेत बताए ।

प्रतिक्रिया