४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

संघलाई व्यक्तिवादी होइन सामूहिक नेतृत्व दिन मेरो उम्मेदवारी,जित निश्चित छ : लोप्साङ शेर्पा


February 9, 2024
3.2k
Shares

काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन आगामी माघ २७ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।

विगतमा संघको कार्यसमितिमा सचिव, सल्लाहाकार र विदेश विभागमा समेत रहेर उत्कृष्ट काम गरिसकेका युवा व्यवसायी एवं नमस्ते लजिस्टिकको अध्यक्ष लोप्साङ शेर्पाले माघ २८ गते हुने संघको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ । उहाँसँग चुनावको तयारी,एजेण्डा र भावी योजनाबारे नेपालीपेनले सक्षिप्त कुराकानी गरेको छ । (कुराकानीको सम्पादित अंश)

नेपाल हिमालय सिमापार वाणिज्य संघको १२औं अधिवेशन नजिक आइसक्यो, यहाँ पनि उम्मेदवार हुनुहुन्छ, चुनाव जित्ने तयारी कसरी गर्नुभएको छ ?

म अहिले प्रचार प्रसारमा व्यस्त छु, धेरै शुभचिन्तक व्यवसायी साथीहरुसंग प्रत्यक्ष भेटघाटमा छु । मतदाता व्यवसायीहरुसँग भेटेर आफ्नो एजेण्डाबारे सुनाइरहेको छु, उहाँहरुको समस्या पनि सुनिरहेको छु । अग्रज व्यवसायीको सल्लाहअनुसार नै साथीहरुलाई जिम्मेवारी बाँडफाँट गरेर निर्वाचन परिचालन समिति बनाउँदै मत मागिरहेको छु ।

यहाँको उम्मेदवारी के का लागि हो ?

यो संस्थामा जब म व्यवसाय क्षेत्रमा लागे तब देखि कतै न कतै संघमा आबद्ध भएर काम गरिरहेको छु,अझै भन्नु पर्दा मेरो बुवा पनि यस संस्थामा साधरण सदस्यको रुपमा सुरु देखि नै हुनहुन्छ । अझै यो संस्थाको मुख्य उद्देश्य मध्ये एक चीनको सिमानामा खास गरी तातोपानी नाकामा व्यापारीहरुले भोग्नु परेको समस्याहरुलाई संगठित रुपमा हल गर्ने भन्ने हो । म तातोपानी नाकामा सुरुमा काम गर्दा भाषाको कारणले निकै समस्याहरु पर्ने गरेको थियो,नेपाली गाडीहरु चीनतर्फ जाने गर्थे,चीन तर्फको खासमा गाडी एकअर्कोमा ठोक्किदा घर पसलमा छुँदा त्यहाँको मान्छेहरुले सानो गल्ती भेट्नु बित्तिकै नेपाली व्यापारी देखि ड्राईभर समेत ठूलो समस्यामा पर्ने गर्ने कुरा थाहा पाए । अझ तिब्बत तर्फको सरकारी कर्मचारीहरुबाट त झनै ठूलो समस्याहरुमा नेपालको व्यापारीहरु पर्ने गरेको रहेछन् । तिब्बत,लोकल,चिनियाँ र अंग्रेजी भाषा समेतको माध्यमबाट जस्तो भाषा बोल्ने सँग समस्या पर्यो त्यही भाषा बोलेर मैले समन्वय गरेर यो संस्थाको प्रतिनिधिको रुपमा व्यापारीहरुको पक्षमा काम गर्दै यो संस्थालाई चीनतर्फ परिचित गराउनु भूमिका खेलेको पात्र हु । तर अहिले यो संस्था व्यापारीको पक्षमा भन्दा पनि निश्चित व्यक्तिको स्वार्थको लागि आफ्नो खल्तीको सस्था प्राईभेट कम्पनी झै चलाईरहेको पाईयो, जो व्यक्तिहरु सँग यति ठूलो दम्भ देखियो आफू यहाँको राजा झै कुनै संघ संस्था भनेको समूहिक रुपमा चल्छ तर यस्तो देखिएन ठिकै ठूलो आतंक देखियो धेरै व्यापारी साथीहरु भित्र पुरै असन्तुष्टी तर बोल्नु पनि डराएको पाईयो, त्यसपछि ती साथीहरुको पनि मनोभावनालाई पूरा गर्न मैले उमेद्वारी दिएको हु । सरल भाषामा भन्नु पर्दा संस्थालाई खल्तीको होईन सामूहिकतामा लैजान म उम्मेदवार भएको हुँ ।

तपाईहरु बीच प्रतिस्पर्धा कडा हुने सम्भावना देखिएको छ,यहाँका चुनाव जित्ने एजेण्डा र रणनीति कस्ता छन् ?

यो संस्थाको अधिवेशनले ३ बर्षको नेतृत्व चुन्ने हो संस्थाको विधानमा रहेर व्यापारीहरुको हितको निम्ति हिजोको अग्रज सहित यस क्षेत्रको विज्ञहरु र सरकारी तथा गैरसरकारी संस्थाहरु व्यवसायी साथीहरु सहितको अन्तक्रियामा व्यापारीको हितमा गर्नु पर्ने कामहरुको वार्षिक योजना सहितको ३ बर्षे योजना नै बनाउछुँ । अर्को भूकम्प र कोभिड अघि उत्तरी नाका पहिलाको जस्तो होईन नयाँ तरिकाले चलिरहेको छ यसलाई नयाँ प्रविधि सहित थप व्यवस्थित गर्नु लाग्ने छु । समितिको साथीहरुको क्षमता र अनुभवको आधारमा एक मुख्य जिम्मेवारीसहित कार्यविभाजन गर्ने छु । पुरानो नेतृत्वको साथीहरुलाई देशमा भएको परिवर्तनहरु परिवर्तन पछि राज्य पुर्नसंरचना पछि विभिन्न तहमा बनेका सरकार र सरोकार पक्षहरु व्यपारीहरुको हितमा उहाँहरुसँग समन्वय गर्ने छु । केही व्यक्तिहरुको खल्तीको संस्था भन्ने भ्रमलाई समूहिकतामा लैजाने छु । कुनै दलका भातृसंगठन झै चलेको महसुसलाई सबै विचार समूहको साझा संगठन हो भन्ने पर्छु । म आफै लामो समय व्यापारमा संलग्न छु कही कतै गलत कार्य गर्दै, नराम्रो नाम नआएको, दाग नलागेको मान्छे हु यो संस्थालाई पनि अहिलेको ठाउँबाट पुरानो विश्वास जगाउने ठाउँमा लैजाने प्रयास गर्नेछु । यो संस्था मैले भन्दै आएको विभिन्न क्षेत्र भूगोलमा काम गरीरहेको साथीहरुको संगठन हो । जस्तै चीन तिब्बत म आफू पनि यी भाषाहरु आफ्नो कुरा राख्नु सक्छु राख्दै आएको पनि छु चीन र तिब्बतमा पनि त्यहाँको सरकारी गैरसरकारी संस्था सँग समन्वय सहकार्य गर्दै व्यापारी साथीहरुको हितमा काम गर्नेछु । यीनै हुन मेरो चुनाव जित्ने एजेण्डाहरु ।

तपाईका चुनाव जित्ने आधार के के हुन् ?

जित्ने आधारहरु मैले भने नि चीन तर्फ परिचित गराउँदा मैले खेलेको भूमिका, संघको व्यक्तिवादी मन नपराउनेहरुको विद्रोह साथै यो संस्थामा विभिन्न क्षेत्रमा कार्यरत व्यापारी साथीहरु संगठित भएका छन् । जस्तै चीनमा प्याक्ट्री पसलहरु समन्वय गर्ने चीनमै बसेर भाषाको राम्रो ज्ञान भएको साथीहरु चीनको सिमाना तिब्बत बसेर सामान भन्सार जाँचपास गरी काठमाडौ सम्म ल्याउने व्यापारी साथीहरु बजारमा पसल गरी व्यवसाय गरिरहेको साथीहरु चीनबाट तिब्बत सम्म लजिस्टिक गर्ने साथीहरु यी सबै क्षेत्रमा म आफै काम गरिसकेको अनुभवसहित चिनिया तिब्बत अग्रेजी भाषामा म राम्रो सँग सहजीकरण सक्ने मान्छे हुँ । दुबै देशको निति नियम निर्माणकर्ताहरु सँग पनि भाषाको कारणले मेरो राम्रो सम्बध छ त्यसैले सबै क्षेत्रको व्यापारी साथीहरुको समस्याहरु पनि मलाई राम्रो सँग ज्ञान छ । मैले ती समस्याहरुलाई बुझेको मान्छे भन्ने यो संस्थामा भएका सम्पूर्णलाई जगजाहेर भएको कारण व्यवसायी साथीहरुको हितमा काम गर्छ भन्ने साथीहरुको विश्वास नै मेरो जित्ने आधारहरु हुन् ।

अध्यक्षका अर्का प्रत्यासी पनि बलियो हुनुहुन्छ,उहाँभन्दा भन्दा तपाई कसरी फरक हुनुहुन्छ ?

उहाँ मेरो अग्रज नै हुनुहुन्छ, व्यक्तिगत रुपमा राम्रो मान्छे हुनुहुन्छ तर उहाँ नेतृत्वमा पुग्दा जुन आम व्यवसाय साथीहरुले सोचेको जस्तो समूहिक नेतृत्व उहाँले गर्नु सक्नु हुन्न, किनकी उहाँलाई बोक्ने पात्रहरु देखेर व्यवासाय साथीहरु निरास भएका छन् ।  मैले भन्दै आएको छु यो संस्थामा विभिन्न क्षेत्रमा काम गरेको साथीहरु हुनुहुन्छ, उहाँको एउटा क्षेत्रमा मात्र काम गरेको अनुभव छ ।

यहाँले जित्नु भएमा सिमापार व्यापार गर्ने व्यवसायीहरुलाई कस्तो पर्ला ?

मैले नेतृत्वमा पुग्दा यस क्षेत्रको मुख्य व्यवसायी संगठित भएको क्षेत्र चीन काठमाडौ बजार भन्सार नाका ट्रान्सपोर्ट क्यारिड एजेण्ट सबै क्षेत्रमा बसरे काम गरेको मान्छे हो । यहाँको नै व्यवसाय यो संस्थामा सक्रिय भएकोले मैले यहाँको सबै क्षेत्रमा बसेर काम गरेको हुँदा सबैतिरको समस्याहरु चुनौतीहरु संभावनाहरु मलाई राम्रो संग थाहा छ । म सँग प्रतिस्पर्धामा भएको एउटा क्षेत्रमा काम गरेको हुनहुन्छ त्यसैले पनि मेरो आवश्यक्ता यो संस्थामा अनिवार्य रहेको छ । अझै भाषाको कारणले धेरै व्यवसायी साथीहरु समस्याहरुमा परेको हुन्छ त्यो चीनमा फेरी चिनियाँ भाषा मात्रा होईन तिब्बतमा तिब्बती भाषाको पनि कति उपल्लो कर्मचारीहरु अंग्रेजी सम्मको भाषाको माध्यमबाट मैले व्यवसायी क्षेत्रको दुवै देशको ऐन नियम बनाउनु भूमिका खेल्न सक्ने कर्मचारी सँग समन्वय सहकार्य गर्दै आएको छु र अझै नेतृत्वमा पुगे भने त्यसलाई निरन्तरता दिंदै थप सहजिकरण गर्नेछु ।

मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?

मलाई नेतृत्वमा पुराउनुहोस् अहिले संस्थामा देखिएको विकृतीहरु, एकलौटी भातृ संगठन जस्तो व्यक्तिवादीलाई अत्यका लागि तपाईले मलाई एक मत हाल्नुस् । नेपालको नै व्यापारीहरुको हितमा काम गर्ने व्यवसाय संस्था बनाउँछु व्यापारी साथीहरुबीच हुने गरेको दादागिरीविरुद्ध आफ्नो मत मलाई दिन आग्रह गर्दछु ।

संघको नेतृत्व गर्दै मुलधारको राजनीतिमा प्रवेश गर्न त खोज्नु भएको होइन ?

वास्तवमा केही मेरा नजिकको मित्रहरुले मैले विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिका राजनिति शैलीको छ तर संस्थागत गर्नु भएन भन्ने गर्थे । कहिले काही हो की जस्तो लाग्थ्यो तर मेरो परिवारको सदस्यहरु पनि राजनितिक पार्टीमा सक्रिय भएर जिम्मेवार ठाउँमा हुनुहुन्छ तर म सक्रिय छैन सबै राजनितिक दलका नेतृत्व कार्यकर्ता सबै सामान लाग्छ तर म आफूलाई व्यापारी मात्र हो भन्दा यो संस्थामा मलाई बारम्बर टिम भन्दा बहिरा राख्ने प्रयास भएका छन् केही अधिवेशनमा पार्टीगत रुपमा प्यानल नै बनाएर चुनावमा जादा पनि म टिममा नपरेको थिए र तर पनि निर्वाचनबाट समितिमा आउन सफल भए । तर संधै यसरी नै संधै अगाडी बढ्नु नसक्ने पो होकी भन्ने त लागेको छ तर राजनितिमा आई हाल्ने भन्ने मेरो योजना छैन् ।

प्रतिक्रिया