६ आश्विन २०८१, आइतबार | September 23, 2024

भारतले नेपाललाई सिक्किम बनाउने कुरा अफवाह : विश्लेषक रायमाझी


February 8, 2024
5.6k
Shares

काठमाडौं,२५ माघ । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले भारतले नेपाललाई सिक्किम बनाउने कुरा अफवाह भएको बताएका छन् । बुधबार सञ्चारकर्मीसँग बोल्दै रायमाझीले यस्तो टिप्पणी गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई कार्यकाल पूरा गर्दैछन् र तेस्रो अवसर पनि उनकै पोल्टोमा जाने संकेत देखिएको छ । मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डसँग ‘सुपरहिट बनाउनुपर्छ’ भन्ने शब्द प्रयोग गर्नुभएको छ,त्यसको अन्तर्य के हुनसक्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा रायमाझीले भने,“ यसमा दुई वटा कुरा हुन सक्छ, नेपालको जलस्रोतमा पनि लैजाने सन्धि भएको छ, त्यसको साथसाथै नेपालका खनिजहरु पनि उहाँहरुको दृष्टि छ, अर्को परराष्ट्र सम्बन्ध र रक्षामा पनि भारतको चासो जहिले पनि गहिरो रुपमा रहेको छ । सायद त्यो पक्षमा पनि उहाँले प्रयोग गर्न सक्नुहुन्छ जहिले पनि अन्तर्राष्ट्रिय फोरममा नेपाल भारतको पक्षमा उभियोस भन्ने भारतको चाहना हो ।”

इसाईकरण भारतका लागि चुनौती भएको पनि उनको भनाइ छ । केही नेपाली जनताले नेता छान्न नजानेपछि आम जनताले नेतृत्वकै कारण सधै दुख झेल्न परेको उनले बताए । अहिलेका नेताहरुबाट देशको विकास हुनै नसक्ने रायमाझीले ठोकुवा पनि गरे ।

 

प्रतिक्रिया