२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कमलपोखरी नामेट पारी ठमेलको जग्गा हडप्ने यीनीहरुमाथि सीआइबीको अनुसन्धान बढ्ला ? (नामावलीसहित)


February 3, 2024
145k
Shares

काठमाडौं, २० माघ । देशमा सार्वजनिक जग्गा हडप्ने भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थालेको छ । ललिता निवास हुँदै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने प्रहरीको अनुसन्धानमा परे । कतिपय जेल गएका छन् त कतिपय प्रहरी हिरासतमा छन् ।

तर, देशमा यस्तो एउटा घटना छ जसका नाइके र मतियारहरु अझै प्रतिष्ठितको पगरी लगाएर खुलेआम हिंडिरहेका छन् । उनीहरुले एउटा गिरोह नै बनाए । ठमेलस्थित हजारौं वर्ष पुरानो कमलपोखरी नामेट पारी छायाँ सेन्टर ठड्याएका छन् । जहाँ पाँचतारे होटल पनि बनाइएको छ ।

प्रधानहरुको आराध्य देव सिंह सार्थबाहु गरुड भगवानलाई कमलको फूल चढाउन निर्माण भएको कमलपोखरी राणा शासनमा हडप्न खोजिएको थियो । तर, नामेट भएको थिएन ।

पछि वीरेन्द्र शाह राजा हुँदा यसको विवाद टुंगो लगाउने उनले आफ्नी सम्धी अम्बिका राणा र प्रधानहरुका तर्फबाट हिरण्यश्वरमान प्रधानलाई डाकेर तत्काललाई कुरा मिलाएका थिए । तर, ऐतिहासिक प्रमाण रहेको कमलपोखरी नामेट भएन । गुठी संस्थानमा यसको प्रमाणहरु सबै फेला परेको छ ।

तर, माफिया शैलीमा पृथ्वीबहादुर पाँडेले शक्ति निकाय सबै मिलाएर पोखरीको जग्गा हडपे । उनलाई वित्तिय क्षेत्रको डन पनि भनिन्छ । उनले जग्गा हडप्ने योजना बुने । प्रभावशाली पदमा रहेका नेता देखि कर्मचारीलाई हातमा लिए । काठमाडौं महानगरपालिकाबाट नक्शा पास गर्न लगाएर छायाँ कम्प्लेक्स ठड्याए । त्यसका लागि जो जस्को साथ लिनुपर्छ उसलाई गोल्डेन शेयर पनि दिए । ज जस्ले छायाँ कम्प्लेक्स बनाउन साथ दिन्छ उसलाई शेयर दिएर व्यवस्थापन दिए । यसकारण उनीहरु सबै सार्वजनिक जग्गा हडप्नेमा मतियार देखिएका छन् ।

यसरी गोल्डेन शेयर लिनेहरुमध्ये कतिले श्रीमती, छोराछोरी या आफन्तका नाममा शेयर राखेका छन् । कतिपयले लगानी पनि गरेका छन् । नेपालपेनले यसरी छायाँदेवी कम्प्लेक्समा लगानी गर्नेहरुको नाम खुलाइसकेको छ ।

छायाँ सेन्टरका नाममा बनेको कम्प्लेक्समा शेयरधनीमध्य व्यापारिक घराना पाँडे परिवारका सदस्यहरुको संख्या उल्लेख्य छ । फ्री प्रेस नेपालले कम्पनि रजिष्ट्रार कार्यालयको स्रोत उल्लेख गरी सार्वजनिक गरेको नामावली र लगानी रकम अनुसार चर्चित व्यापारी पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ ।

ऐतिहासिक कमलपोखरी नामेट पारी ठडिएको छायाँ कम्प्लेक्समा संलग्न हाइप्रोफाइल राणा, मल्ल र पाँडेहरु (नाम र लगानी रकमसहित)

बालेनको आँखा नपुगेको कमलपोखरी हडपेर बनाइएको ‘भूतभवन’

यतिसम्मकी अदालतमा मुद्या विचाराधीन रहेकै अवस्थामा छायाँ देवी कम्प्लेक्स पब्लिक लिमिटेडको नाममा आइपीओ खोल्ने प्रक्रिया बढाइएको छ । यसका लागि २१ साउनमा सूचना जारी गरी साधारण सभा डाकियो छ । १० भदौमा डाकिएको साधारणसभाको मुख्य उद्देश्य नै आइपीओ खोल्ने प्रस्ताव पारित गर्नु थियो र त्यही गरियो । यसका लागि कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने विषय प्रस्तावमा राखी पारित गरेको थियो ।

छायाँ सेन्टरका लगानीकर्ता

पृथ्वी बहादुर पाँडे- ७ करोड ७८ लाख ३४ हजार ६ सय

दिपकमान शेरचन- ४ करोड ७३ लाख ७१ हजार

महेश्वर प्रकाश श्रेष्ठ-३ करोड ३० लाख ५५ हजार

सिद्धान्तराज पाण्डेय- ३३ लाख ७० हजार

योगेन्द्रबहादुर शाक्य- ९४ लाख एक सय

विकाश थापा- ८३ लाख ५५ हजार

प्रजन्य राजभण्डारी- २ करोड ५० लाख ६७ हजार

सिद्धान्त बहादुर पाँडे- १९ लाख ७२ हजार

राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि.- २ करोड २४ लाख ४ हजार

सुरेश लाल श्रेष्ठ- ५२ लाख

ज्ञानेन्द्र खनाल- १ करोड

सिताराम महासेठ- १ करोड

हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिं- ३ करोड ४८ लाख

महेन्द्रलाल प्रधान- २ करोड ६७ लाख ३८ हजार

रवीन्द्र राजभण्डारी- ५० लाख

महेश खनाल-५० लाख

दिक्षान्त दाहाल-७ लाख ५० हजार

आशिष पौड्याल- ४० लाख

योगेश भण्डारी- १ करोड १५ लाख

सुमन विक्रम पाण्डे- २ करोड

अनु पाण्डे पन्त- ७८ लाख

नेमेन्द्र जंग थापा- १ करोड

मिजास भट्टचन- ३ करोड ५४ लाख १९ हजार ८ सय

किरण मान शेरचन- ६८ लाख २ हजार

मनोहर प्रसाद शेरचन- १ करोड ६० लाख ४३ हजार

शान्त बहादुर मल्ल- ९४ लाख १ सय

ध्रवनारायण श्रेष्ठ-६२ लाख ६६ हजार ८ सय

प्रयुष राजभण्डारी- ५० लाख

प्रणय राजभण्डारी- ५० लाख

उर्मिला पाण्डे- ७१ लाख ५० हजार

पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.-४८ लाख

पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा- २५ लाख उ

सिन्धु राणा-२५ लाख

स्याकार ट्रडिङ कम्पनि प्रा.लि.- ३ करोड ५० लाख

रेखा घिमिरे- ३ करोड १० लाख

इन्दु शर्मा-९ लाख

प्रज्वल भण्डारी- ८५ लाख

प्रतिमा पाँडे-१ करोड २२ लाख ४४ हजार ४ सय

निर्मल प्रधान-६ करोड ५० लाख

लक्ष्मी शाक्य- १० लाख

प्रेम शेभा तुलाधर- ४० लाख

रक्षक महत- ५० लाख

पारुल पाँडे- ८ लाख ७७ हजार २ सय

 

 

प्रतिक्रिया