१३ पुस २०८१, शनिबार | December 28, 2024

विपरित ध्रुवका ओली-लिङ्देन एलाइन्स


January 31, 2024
830
Shares

काठमाडौं, १७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीचको एलाइन्स दशकभन्दा अघि देखि चल्दै आएको छ । ओली राजावादी विरोधी हुन् भने लिङ्देन कट्टर राजावादी हुन् । तरपनि यी दुईबीच एलाइन्स चल्दै आएको छ ।

ओली र लिङ्देन दुवैको चुनावी क्षेत्र झापा हो । फरक क्षेत्रबाट चुनाव लड्ने उनीहरु भित्री रुपमा एक अर्कालाई सघाउँदै आएका छन् । एकले अर्कालाई सहयोग गरेरै चुनाव जित्ने गरेकाले केन्द्रको राजनीतिमा पनि घोषित अघोषित गठबन्धन बन्ने गरेको छ ।

२०७९ चुनावपछि प्रचण्ड नेतृत्वको सरकार बन्दा लिङ्देन उपप्रधान सहित ऊर्जामन्त्री बनेका थिए । त्यसमा पनि ओलीले भूमिका खेले ।

ओली नेतृत्वको नेकपा एमाले सरकारबाट हटेपछि लिङ्देन नेतृत्वको राप्रपा पनि पछि हट्यो । राष्ट्रिय सभाको चुनावमा पनि एमाले र राप्रपाको गठबन्धन बन्यो । कोशी प्रदेशको चुनावमा उद्धव पौडेल उम्मेदवार बनेपछि पराजित भए । त्यहाँ एमालेको समेत मत पौडेललाई गयो । तर, जित्न सकेनन् ।

ओलीले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको खुलेर आलोचना गरेका छन् । उनले दरबार हत्याकाण्ड दीपेन्द्र शाहले गराएर आत्महत्या गरेको पत्याउन नसकिने अभिव्यक्ति दिए । रोचक त यो छ कि लिङ्देन पटक पटक पूर्वराजा शाहलाई भेट्दै आएका छन् ।

पूर्वराजाका विरोधी र समर्थकबीच भने गजबको एलाइन्स बन्ने गरेको छ । यसलाई राजनीतिक रणनीतिका रुपमा पनि बुझ्न सकिन्छ ।

ओलीको खुलेर आलोचनामा उत्रिएका छन् दुर्गा प्रसाईँ । उनी पूर्वराजालाई गद्दीमा फर्काउने उद्घोषका साथ सक्रिय छन् । प्रसाईँले लिङ्देनको पनि विरोध गर्छन् । ओली र लिङ्देन एक भएर सक्रिय हुने गरेको बुझाई प्रसाईँको मात्र नभई अन्य राजावादीको पनि छ । यो एलाइन्सलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया