४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरबाट अयोध्यासम्म विशेष रेल आउँदै


January 21, 2024
332
Shares

अयोध्या, ७ माघ । भारतको अयोध्यामा निर्माण भई रहेको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल आइरहेको छ। अयोध्यामा जनकपुरधामबाट उल्लेख्य संख्यामा भक्तजनहरु आइरहेका छन् ।

आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट छुटेको रेल अयोध्याका लागि छुटेको रेल राति आइपुग्ने जनाइएको छ । परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाएको हो।

अयोध्याका लागि आउने रेलको भाडा दोस्रो श्रेणीको एसीको ३ हजार, तेस्रो श्रेणीको एसीको २ हजार र स्लिपर सिटको १ हजार नेपाली रुपैयाँ रहेको जनाइएको छ ।

रेल आइतबार बिहान साढे ६ बजे अयोध्याका लागि छुटेको रेल सोमबार राति ११ बजे जनकपुरधामका लागि अयोध्याबाट छुट्नेछ। नेपाल रेल्वेलाई १ हजार ४ सयसम्म टिकट काट्ने अनुमति दिइएको छ।-फाइल तस्बिर

प्रतिक्रिया