३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अयोध्यामा राममन्दिर निर्माणको धनसंग्रहमा किर्तिमान, अहिलेसम्म ५० अर्ब भारु संकलन


January 19, 2024
1.9k
Shares

एजेन्सी, ५ माघ । भारतको अयोध्यास्थित राममन्दिर निर्माणमा किर्तिमान बनेको छ । मन्दिर निर्माण हेतु विश्वकै अहिलेसम्मकै सबैभन्दा बढी धनसंग्रह भइसकेको छ । यसमा धेरैभन्दा धेरै मानिसहरुले धन समर्पण गरेका छन् ।

श्रीराम जन्मभूमी तीर्थक्षेत्रको वेवसाइटका अनुसार अहिलेसम्म ५० अर्ब भारुभन्दा बढी रकम जम्मा भइसकेको छ । मन्दिर निर्माणका लागि यो अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिहरुले यति धेरै रकम दान गरेको पहिलो घटना हो ।

अहिलेसम्ममा सबैभन्दा बढी धन समर्पण गर्नेमा मुरारी बापु छन् जसले ११ करोड ३० लाख समर्पण गरेका छन् । मुरारी बापुका अमेरिका, यूरोपलगायत देशमा रहेका भक्तहरुले ८ करोड सामूहिक रुपमा समर्पण गरेका छन् ।

गुजरातका हीरा व्यापारी गोविन्दवाइ धोलाकियाले ११ करोड समर्पण गरेका छन् ।

भारतका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, विभिन्न राज्यहरु, कर्मचारी, व्यापारीका अलावा सर्वसाधारणले समेत धन समर्पण गरेका छन् ।

मन्दिर निर्माणका लागि अनुमानित बजेटभन्दा दोब्बर बढी रकम संकलन भइसकेको छ ।

५ माघमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भई अयोध्या मन्दिरमा प्राण प्रतिष्ठा हुने तय भएको छ । यसलाई विश्वले चासोका साथ हेरेको छ ।

प्रतिक्रिया