त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न के के योग्यता चाहिएला

काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको दरखास्त आव्हान गरिएको छ । उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप हुन नहुने विषय उठिरहँदा दरखास्त आव्हान गरिएको हो ।
त्रिविको उपकुलपति बन्न आव्हान गरिएको दरखास्तमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्ति विवरण, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपिलगायत बुझाउनुपर्नेछ ।