३ आश्विन २०८१, बिहिबार | September 20, 2024

जयशंकरले क कस्लाई भेटे (नामसहित)


January 5, 2024
332
Shares

काठमाडौं, २० पुस । नेपालको दुई दिने भ्रमणमा भारतका विदेशमन्त्री जयशंकरले विशेष भेटघाटहरु गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवास र प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटे ।

जयशंकरले शीर्ष नेताहरुलाई होटलमै भेटेका छन् । उनलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल होटलमै पुगे ।

जयशंकरले जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई एकसाथ होटलमा भेटे । शीर्ष नेताहरुसँगको भेटहरु बिहिबार साँझ भएका हुन् ।

भारतका विदेशमन्त्री जयशंकरसँग नेपालको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र क्यानका पदाधिकारीले पनि भेटे । भेटमा पूर्वराष्ट्रिय खेलाडी पारस खड्काका अलावा अहिलेका मुख्य खेलाडीहरु रहेका थिए ।

प्रतिक्रिया