१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कानूनमै नभएको समलिङ्गि विवाह दर्ताको होडवाजी


December 24, 2023
913
Shares

काठमाडौं, ८ पुस । देशमा कानून बनाउने निकाय हो संसद । संसदले विवाहसम्बन्धी कानूनमा समलिङ्गि विवाहबारे कानून बनाएको छैन । तर, पछिल्लो समय समलिङ्गि विवाह दर्ताको होडवाजी नै चलेको छ ।

पहिलोपटक लमजुङको दोर्दी गाउँपालिकामा समलिङ्गि विवाह दर्ता भएको हो गत महिना । यसका पछाडि लामो योजना नै बनाइएको पाइएको छ । कैलालीमा पनि समलिङ्गि विवाह दर्ता भएको छ हालै ।

१२ असारमा सर्वोच्च अदालतले समलिङ्गि विवाहलाई मान्यता दिने गरी अन्तरिम आदेश जारी गरेपछि होडवाजी चलेको हो । यसका पछाडि निल हीरा समाज लागेको थियो । यूरोप र अमेरिकाबाट रकम ल्याएर चलिरहेको संस्था हो निलहीरा ।

समलिङ्गि विवाह दर्ताको दबाब बढाउन पत्रपत्रिकामा लेख लेखाउने योजना पनि बुनिएको थियो । केही नाम चलेका व्यक्तिहरुले लेख नै लेखे । पछि अमेरिकी राजदूतले त ट्वीट नै गरेर सर्वोच्चको समलिङ्गि विवाहको आदेशलाई ठूलो विजयी जसरी उल्लेख गरे । समलिङ्गि विवाह दर्तामा पनि राजदूतले ट्वीट गरेका थिए ।

भारतमा यस्तै कानूनी विवाद चल्दा त्यहाँको सर्वोच्च अदालतले संसदले कानून नबनाएकोले मान्यता दिएन । तर, नेपालमा भने अदालतको स्टे अर्डरबाट विवाह दर्ता भएको छ ।

समलिङ्गि विवाह दर्ताको अभियान चलाएर ठूलो रकम भित्राउने र विभिन्न कार्यक्रम चलाउने योजना समेत देखिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया