७ आश्विन २०८१, सोमबार | September 24, 2024

सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरी कानूनी कठघरामा उभ्याउन माग


December 22, 2023
4.6k
Shares

काठमाडौं, ६ पुस । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृतिमन्त्री सुदन किराँतीलाई मन्त्रीबाट तत्काल बर्खास्त गरी कानूनी कठघरामा उभ्याउन माग गरेको छ । शुक्रबार परिषद्ले विज्ञप्तिमार्फत् किराँतीले सामाजिक, सांस्कृतिक तथा धार्मिक सहिष्णुता माथि धावा बोलेकोले मन्त्री पदमा रहिरहन उपयुक्त नहुने समेत भनेको छ ।

परिषद्ले भनेको छ, ‘पछिल्लो समय नेपालमा पश्चिमा साम्राज्यवादी शक्तिहरुले विखण्डनको उद्देश्य प्राप्त गर्न इशाई धर्मलाई हतियार बनाएको कुरा कसैबाट छिपेको छैन । मन्त्री किराँतीको भनाईबाट त्यस्ता शक्तिहरुलाइ थप मलजल पुगेको प्रष्ट हुन्छ ।’

किराँतीले मंगलबार ख्रिष्चियनको उपत्यका समितिको कार्यक्रममा क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो भन्दै अन्य धर्मालम्बीलाई देशद्रोही भनेका थिए । उनले क्रिश्चियन नमान्नेलाई हत्कडी लगाएर जेलमा हाल्ने सम्मको धम्की दिएका थिए ।

प्रतिक्रिया