३१ भाद्र २०८१, सोमबार | September 17, 2024

विश्वबजारमा इन्धनको मूल्य निरन्तर घट्दो


December 16, 2023
830
Shares

काठमाडौं, ३० मंसिर । विश्वबजारमा इन्धनको मूल्य निरन्तर घटिरहेको छ । इन्धनको मूल्य आकाशिने प्रक्षेपणको विपरित गिरावट आइरहेको हो ।

विश्व बजारमा इन्धनको मूल्य घट्नुमा आपूर्ति अनुसारको माग बढी रहनु नै हो । इन्धनको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग पनि बढ्न थालेको छ ।

गत महिना कच्चा तेलको मूल्य प्रति ब्यारल ८० डलरभन्दा बढी पुगेकोमा डिसेम्बरको मध्यमा ७० डलरमा झरिसकेको छ ।

पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँले गएरातिबाट मूल्य घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्न आएको छ । मूल्य घटाएपनि निगम भारी नाफामा छ ।

प्रतिक्रिया