१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘प्रमाण नष्ट गर्ने सम्भावना नभएपनि जेलमै राख्नु राजनीतिक प्रतिशोध हो नै’


December 14, 2023
5.1k
Shares

काठमाडौं,२८ मंसिर । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो ।

राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फितलो अनुसन्धान र पूर्वाग्रही ढंगबाट सरकारले टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको राजनीतिक भविष्य नै अन्धकार बनाएको टिप्पणी गरेका छन् । विभिन्न उद्देश्यले उनीहरू माथी राष्ट्रहित विरुद्धको कसुर सङ्गठित अपराध मानव तस्कर जस्ता अनेकौ किर्ते आरोप लगाएर उनीहरूलाई पूर्पक्षमा थुनामा राख्नु न्यायोचित नभएको उनको तर्क छ ।

रायमाझीले आज एक विज्ञप्ती जारी गर्दै सरकारी वकिलको दबाबमा अनेकौँ पटक बयान फेरिएको भन्दै सो मुद्दा आफैमा रहस्यमय बनाइएको आरोप लगाएका छन् ।

उनले लेखेका छन् ‘भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुरु उठान नै गलत मनसायबाट प्रभावित भएको नियोजित देखिन्छ । भागी जाने अवस्था नरहेको प्रमाण नष्ट गर्ने सम्भावना नभएको जेल वाहिर रहदा समाजलाई प्रभावित पार्ने त्यस्तो अवस्था नरहेको निर्वाचित प्रतिनिधि जिम्मेवार व्यक्तिहरूलाई हिरासतमै राख्नुपर्ने कारण के त ? राजनीतिक प्रतिशोध हो नै ।’

नेपाली कांग्रेसले बालकृष्ण खाँणलाई मात्र दोष लगाएर उनको राजनीतिक हैसियत समाप्त पार्ने कोसिस गरेको समेत उनले आरोप लगाएका छन् । खाँणलाई सामान्य तारेकमा रिहा गर्नुपर्ने माग गर्दै रायमाझीले लेखेका छन्,‘न्यायाधीशले पनि यति सामान्य प्रकृतिका मुद्दालाई विवेकसँग ढङ्गबाट आदेश दिन नसक्ने अनेकौं शक्ति केन्द्रको छाया बनेर दोधारे चरित्र देखाउनु न्यायालयको धज्जी उडाएको होइन ?? खाँणलाई पनि साधारण तारेकमा रिहा गर्नुपर्छ ।’

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया