४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

मर्न तयार भएर देश छाड्न थाले युवा


December 8, 2023
1.1k
Shares

काठमाडौं, २२ मंसिर । देशमा स्थिति यस्तोसम्म भइसक्यो कि युवाहरु बरु मर्न तयार हुने देशमा नबस्ने परिस्थिति बनेको छ । बेरोजगार युवाहरु त विदेशिन हतारिएकै थिए रोजगार युवाहरु समेत देश छाड्न आतुर हुन थालेका छन् ।

सुरक्षा निकायमा जागिरे भएका र पेन्सन पकाएकाहरु अहिले रुस-युक्रेन युद्धभूमिका पुगेको सरकारलाई बल्ल जानकारी भएको छ । गत हप्तामात्र परराष्ट्र मन्त्रालयले यसबारे कुनै जानकारी नभएको बताएको थियो । तर, देशमा गिरोह नै बनाएर नेपाली युवालाई रुसी सैनिकमा पठाउनेहरु पक्राउ परेका छन् ।

अहिले रुसी सैनिकमा नेपाली युवाहरु एक हजारभन्दा बढी पुगिसकेको तथ्यहरु बाहिर आएका छन् । उनीहरुलाई मासिक २ लाख नेपाली रुपैयाँ र एक वर्षपछि रुसी नागरिकताको प्रलोभनमा लगिएको खुलेको छ ।

युद्धभूमिका नेपाली युवाहरु मर्न तयार भएर पुगेका छन् । देशभित्र राजनीतिक नेतृत्व, भ्रष्ट कर्मचारीतन्त्र र देश लुट्न मात्र पल्केका व्यापारीहरुको हालीमुहाली हुँदा परिस्थिति बिग्रिएको छ । यसकारण युवामा वितृष्णा आइरहेको छ । जसका कारण युवाहरु मर्न तयार हुने तर देश छाड्ने हालतमा पुगेका छन् ।

प्रतिक्रिया