बालेन साहले किन हटाउन लगाए क्रिसमस रुख

काठमाडौं, २१ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले क्रिसमस रुखहरु हटाउन लगाएका छन् । महानगरपालिकाभित्रका सपिङ मललगायतका स्थानहरुमा सजावटका रुपमा राखिएका क्रिसमस रुखहरु नगर प्रहरी लगाएर हटाउन लगाएका हुन् ।
बालेनले प्लाष्टिकका क्रिसमस रुख सजावट गर्दै गर्दा नगर प्रहरीले हटाउन लगाएको भिडियो समेत सार्वजनिक गरेका छन् । उनले प्लाष्टिकका फुल, माला तथा सजावटका सामानहरु किनबेच नगर्न समेत भनेका छन् । त्यस्ता सामान विक्रिवितरण गरेको पाइएमा जफत गरिने प्रष्ट पारेका छन् ।