५ आश्विन २०८१, शनिबार | September 21, 2024

रवि लामिछानेले लिन थाले धमाधम भाग


November 27, 2023
22.6k
Shares

काठमाडौं, ११ मंसिर । नयाँ शक्तिका रुपमा आएका पूर्वसञ्चारकर्मी रवि लामिछानेले विभिन्न नियुक्तिहरुमा आफ्नो भाग खोज्न थालेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी सिधै आफ्नो भाग खोज्न थालेको बुझिएको छ ।

रविले न्यायाधीश नियुक्तिको सिफारिशमा पनि आफ्नो भाग खोजे र सफलता पनि हासिल गरे ।

सर्वोच्चमा विजयप्रसाद मिश्र र डि.एन. पराजुलीको सुनिष्चित भइसकेको लिष्टमा सुनिल पोखरेलले बाजी मार्नुमा रवि लामिछानेको पनि भूमिका छ । सुनिल रविसँग निकट रहँदै आएका थिए । उनलाई कुनै हालतमा न्यायाधीश बनाइछाड्न दबाब नै बढाए ।

२९ भदौ २९ को बिहान ७ बजेनै अचानक रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भोलिपल्ट अमेरिका र चीनको भ्रमणमा निस्कने प्रधानमन्त्रीसँग चिनीया प्रतिनिधिमण्डलको भेटको समय तय भएपनि रविको अचानक आगमनले प्रधानमन्त्री प्रचण्ड अचम्मित भए तर नकार्न सकेनन् । उनी आफ्नो सहयोगको जरूरत सम्झाउँदै सुनिल पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउन प्रधानमन्त्रीसमक्ष दबाब दिएर गरेर ठाडै काठमाडौँ बाहिर हान्निएका थिए ।

लामो समय काँग्रेसनिकट रहेका पोखरेललाई रविको दबाबले पनि काम गर्यो । उनले सर्वोच्चमा न्यायाधीश बन्ने मार्ग खोल्ने सफलता हासिल गरे ।

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

प्रतिक्रिया