८ आश्विन २०८१, मंगलबार | September 24, 2024

समाजसेवामा सधै अग्रसर महेश्वर खड्का


November 20, 2023
1.3k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । महेश्वर नाम जस्तो काम त्यस्तै । भक्तपुरमा लोकप्रीय नाम हो महेश्वर खड्का । उनी समाजसेवामा सदा अग्रसर हुन्छन् । यसले पनि उनको परिचयलाई बजनदार बनाएको छ ।

महेश्वर दिनदुःखीलाई सहयोग गर्न अग्रसर हुन्छन् । उनी भन्छन्, दिन पुगोस् सेवा गर्ने अवसर मिलोस् ।

महेश्वरले समाजमा आफ्नो ठाउँबाट योगदान गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनी निस्वार्थ समाजसेवामा अग्रसर हुन्छन् ।

धन नभई हुँदैन भएपनि मन नभए व्यर्थ हुन्छ । महेश्वरको धन पनि छ मन पनि छ । यसकारण उनी धनको सदुयोग समाजसेवामा गर्दै सक्रिय बनेर जीवनको परमानन्द लिइरहेका छन् ।

धनलाई आर्थिक कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागि परेको कारण उनी भक्तपुरमा लोकप्रिय बनेका हुन्।

प्रतिक्रिया