३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भावी प्रधानसेनापति थापा कि सिग्देल ?


November 20, 2023
0
Shares

काठमाडौं, ४ मंसिर । नेपाली सेनाको रिक्त तीन तारे जर्नेल अर्थात् रथीमा अब जो बढुवा हुन्छ ऊ नै अहिलेका सेनापति प्रभुराम शर्मा पछिको सेनापतिको लाइनमा बस्छ । त्यसैले रथी बढुवा निकै पेचिलो बनेको छ ।

उमेर विवादले उपरथी पवनजंग पाण्डेको सेनापति बन्ने सपना लगभग सकिएको छ । उनले राजीनामा दिएका छन् । तर, रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट स्वीकृती भएको छैन । जंगी अड्डामै राजीनामापत्र अड्किएको विषय उठेको छ ।

पाण्डेको राजीनामा स्वीकृत भएमा अशोक सिग्देल र निर्मल थापा रथी बढुवाका प्रतिष्पर्धी हुनेछन् । सिग्देल देशभित्र छन् भने थापा युएन मिसनमा महत्वपूर्ण जिम्मेवारीका साथ पुगेका छन् ।

रोचक त यो छ कि सिग्देलको जन्ममितिमा पनि विवाद देखिएको छ । यसबारे जंगी अड्डाले छानबिन चलाएको छ । यस्तो अवस्थामा थापाको भाग्योदय हुनसक्छ ।

रोलक्रममा तीन नम्बरमा रहेका उपरथी थापा सेनाभित्र सरल स्वभावका जर्नेल मानिन्छन् । उनको यही स्वभावले आफूभन्दा माथिका सैनिक अधिकृतका प्रीय बनेका छन् ।

सैनिक मुख्यालयले बढुवाका लागि सिफारिश गरिसकेका पाण्डेको जन्ममितिमा विवाद आएपछि अब सिफारिश गर्दा सबै प्रमाणपत्र रुजु गर्ने भएको छ । यसले पनि अब सेनाभित्र जन्ममिति विवाद टुंगिने सम्भावना रहेको छ ।

प्रतिक्रिया