१७ मंसिर २०८१, सोमबार | December 2, 2024

धनगढीमा भीषण आगलागी


November 18, 2023
0
Shares

धनगढी,२ मंसिर । धनगढीमा बिद्युत् सर्ट भएर भीषण आगोलागी भएको छ । शुक्रबार राति करिब १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्पताल नजिकै जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी हुँदा अस्पतालसहित ८ पसलमा पुगेको छ।

धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ। समाचारपत्र

प्रतिक्रिया