३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपालमा टिकटक कहिलेदेखि बन्द हुन्छ ?


November 13, 2023
83
Shares

काठमाडौ, २७ कात्तिक । नोपलसहित विश्वभर सबैभन्दा बढी रुचाइएको सामाजिक सञ्जाल टिकटकलाई नेपाल सरकारले बन्द गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सद्भाव विथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो ।

पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् त्यसको लागि बैठकले प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको हुँदा आजैदेखि बन्द हुने उनको भनाइ थियो ।

प्रतिक्रिया