१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भक्तपुरमा दिपावलीमा सुरक्षा चुस्त बनाउन डिएसपी दिप्ती कार्की सक्रिय


November 10, 2023
4.6k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । डिएसपी दिप्ती कार्की लोकप्रीय प्रहरी अधिकृत हुन् । भक्तपुरमा महत्वपूर्ण जिम्मेवारी पाएपछि उनी अहोरात्र खटिएर सुरक्षालाई चुस्त दुरुस्त बनाउन लागिपरेकी छिन् ।

शुभ दिपावलीमा शान्तिसुरक्षा कायम राख्न दिप्तीले प्रभावकारी योजनाहरु बनाइएको जानकारी दिइन् । दिपावलीमा हुनसक्न्े चोरी ,लुटपाटका घटना हुन नदिन प्रभावकारी योजना बनाइएको उनको भनाइ छ।

कुनै पनि घटना हुन लाग्यो भने प्रहरीलाई खबर गरेको १५ मिनेटभित्र घटनास्थल मा पुग्ने संयन्त्र तयार रहेको डिएसपी कार्कीले बताइन् ।चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्दै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको बताइन् ।

नागरिक लाई सचेत पार्न आम नागरिकसंग समन्वय तथा सहकार्य गर्ने , जनचेतनामूलक कार्यक्रम गर्ने ,जिङ्गल बजाउने , माईकिङ्ग गर्ने जानकारी दिइन।प्रहरी सधै जनताको साथमा रहने उनले बताएकी छन् ।

दिप्तीसँग विदेशमा सुरक्षासम्बन्धी तालिम र काम गरेको अनुभव पनि छ । उनी अमेरिकामा भएको १० हप्ते तालिममा भाग लिएर सफलापुर्वक फर्किएलगत्तै फिल्डमा झन् प्रभावशाली बनेर कार्यरत छिन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया