१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देउसी–भैलोबाट संकलित रकम पार्टी समन्वयमा पीडितहरुलाई पठाउँछौ : सचिव केसी


November 9, 2023
581
Shares

काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले) नागार्जुन नगर कमिटीले आज भूकम्प पीडित सहयोगार्थ देउसी–भैलो कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा आज देउसी– भैलो कार्यक्रमसहित दशै तिहार, नेपाल सम्बत र छठ लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको एमाले नागार्जुन नगर कमिटीका सचिव गोवर्दन केसी (युनिक) ले बताए ।

देउसी–भैलोबाट संकलित रकम पार्टी समन्वयमा भुकम्प पीडितहरुको लागि सम्बन्धित ठाउँमा पुर्याउने केसीले स्पष्ट पारे । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव केसीले रुकुम पश्चिम र जाजरकोटमा शक्तिशाली भुकम्पबाट मानबिय तथा भौतिक क्षति भएकोमा दुःख व्यक्त गर्दै सबै मिलेर पीडितहरुको जीवनस्तर उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए ।

केसीले भने,“घाइतेहरुको शिघ्र उपचार गरी गास,बास र उपचारको प्रबन्ध मिलाई भौतिक संरचना तत्काल निर्माण गर्दै टुटे फुटेका भुकम्प पीडितको सपना, आशा भरोशालाई पुनर्जाग्रित गर्न नेकपा एमालेले लिएको निर्णयमा नगर स्तरबाट पनि सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।”

नागार्जुन नगरपालिका–६ स्थित थापा पार्टी प्यालेसमा भएको कार्यक्रममा पार्टी केन्द्रीय महासचिव, स्थायी कमिटी सदस्यहरु काशिनाथ अधिकारी, डा. भिष्म अधिकारी, पोलिट्ब्युरो सदस्य आनद पोखरेल, केन्द्रीय सदस्य शान्ती अधिकारी, लेखा आयोग सचिव शिव अधिकारी, बागमती प्रदेश सदस्य तथा प्रदेश सांसद प्रकाश श्रेष्ठ, बालकुमारी बिक, नागार्जुन नगर उप प्रमुख शुशिला अधिकारी, अन्य राजनीतिक दलका प्रतिनिधि, बुद्दिजिवी, समाजसेबी, महिला समुह, संघ संस्थाका प्रतिनिधी, कलाकारहरु लगायतको उल्लेख्य सहभागिता थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया