६ आश्विन २०८१, आइतबार | September 22, 2024

जनार्दन शर्माको निर्देशनमा जाजरकोट लगेको राहत बाटोबाटै कब्जा


November 9, 2023
0
Shares

काठमाडौं, २३ कात्तिक । भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सल्यानबाट बाटोबाटै कब्जा गरी रुकुम पश्चिम लगेका छन् ।

भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ गरेर रुकुम पश्चिमतिर लगिएको बताएका छन् ।

स्रोत : जोगेश एङ्बो लिम्बु

प्रतिक्रिया