२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दू स्वयंसेवक संघको उपत्यका विभागको शिक्षावर्ग सम्पन्न


November 8, 2023
0
Shares

ललितपुर, २२ कात्तिक । हिन्दू स्वयंसेवक संघ उपत्यका विभागको आयोजनामा शिक्षावर्ग बुधबार सम्पन्न भएको छ । ललितपुरमा सञ्चालित शिक्षावर्ग एक हप्तासम्म सञ्चालन भएको थियो ।

शिक्षावर्गमा युवाहरुले धर्म, संस्कृति, जीवनपद्धति, राष्ट्रभक्तिलगायतका विभिन्न विषयमा ज्ञान आर्जन गरेका छन् । उनीहरु मंगलबार पथ सञ्चलन कार्यक्रममा समेत सहभागी भए ।

शिक्षावर्गमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण ढकाल, संघका ललितपुर प्रमुख ऋषि ढुंगाना, महालक्ष्मी नगरपालिका प्रमुख गणेश खनाल, संगठन सचिव माधव चन्दलगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया